१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसको चुनावी गतिविधि तीव्र

काठमाडौं–  नेपाली कांग्रेसले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्य सुरु गरेको छ । केही दिनभित्रै निर्वाचन घोषणापत्र ल्याउने तयारीमा जुटेको कांग्रेसले नेता बालकृष्ण खाँणको संयोजकत्वमा प्रचार समिति गठन गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकसँग चुनावी तालमेल हुने भएपछि समानुपातिक सूचीमा परेका खाँणको संयोजकत्वमा कांग्रेसले प्रचार समिति गठन गरेको हो । समितिमा समानुपातिक सूचीमा परेका अन्य नेतालाई समेटेर समिति गठन गरिएको नेता प्रकाशशरण महतले जानकारी दिए ।  ‘अन्य समिति पनि बनाएर कांग्रेस चुनावमा जुट्छ,’ महतले भने, ‘घोषणापत्र २÷४ दिनभित्रै बाहिर ल्याउँछौं ।’
पार्टी नेता महेश आचार्यको संयोजकत्वमा गठित समितिले घोषणापत्र पहिलो मस्यौदा तयार गरेको छ । पार्टी सभापतिसहितका नेतासँग समितिले मंगलबार छलफल गरेको छ । नेताहरूका सुझाव समेटेर केही दिनभित्रै घोषणापत्रलाई अन्तिम रूप दिइने संयोजक आचार्यले जानकारी दिए ।
‘पार्टी शीर्ष नेताहरुसँग पहिलो मस्यौदामाथि सुझाव लिने काम सकिएको छ,’ आचार्यले भने, ‘२÷४ दिनमा त्यसलाई अन्तिम रूप दिएर तपाईंहरू (पत्रकार) सँग घोषणापत्रसहित भेट्छौं ।’
कांग्रेसले पार्टीको घोषणापत्रमा पार्टी स्थापनादेखि हालसम्म गरेका आन्दोलन, विकास निर्माण र सामाजिक परिवर्तनमा पु¥याएको योगदानका साथै अब के गर्छ भन्ने विषय समेट्नेछ । ‘कांग्रेसले हिजो के ग¥यो र अब के गर्न चाहन्छ भन्ने घोषणापत्रमा आउँछ,’ महतले भने, ‘सामाजिक, आर्थिक र सुशासनका विषयमा हाम्रो स्पष्ट धारणा आउँछ।’
त्यस्तै, कांग्रेसले दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको उम्मेदवार छनोट बुधबारदेखि सुरु गर्नेछ । उसले बिहान संसदीय समितिको बैठक बोलाएको छ भने बिहान १० बजे नै चुनावी तालमेल गर्ने दलहरुसँग सिट बाँडफाँटका विषयमा बैठक बोलाएको छ ।
 
 

प्रकाशित: ८ कार्तिक २०७४ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App