७ वैशाख २०८१ शुक्रबार
समाज

ढुंगेललाई पक्राउ नगरेको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा

काठमाडौं-  सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद फैसला गरेका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई विपक्षी बनाउँदै मंगलबार सर्चोच्चमा अवहेलना मुद्दा दायर गरेका हुन्। मुद्दामा न्याय प्रशासन ऐन २०७३ दफा १७ अनुसार महानिरीक्षक अर्याललाई हदै सम्मको कारबाहीको माग गरिएको छ।

यदि दोषी ठहरिएमा अदालतको आदेश अवहेलना गरेको आरोपमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

सर्चोच्चले सजायँको फैसला गरेपछि पनि प्रहरीले पक्राउ गरि फैसला कार्यान्वन नगरेको भन्दै पक्राउ गरि प्रक्रिया अघि बढाउनु पर्ने त्रिपाठीले जिकिर गरेका छन्। यसका साथै रिटमा ढुंगेललाई पक्राउ गर्नको लागि विशेष कार्यदल गठन गरि हरेक २४ घण्टामा पक्राउ प्रयासबारे अदालतलाई जानकारी गराउन पनि माग गरिएको छ।

उज्वन श्रेष्ठको हत्या अभियोगमा ढंगेललाई सर्वोच्चले जन्मकैद फैसला गरेको थियो। यता माओवादीले भने उक्त घटनालाई द्वन्दकालिन प्रतिशोध भन्दै आएको छ। द्वन्दको समयमा भएका घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत मिलाउनु पर्ने माओवादीको भनाई रहँदै आएको छ।

प्रकाशित: ७ कार्तिक २०७४ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App