८ वैशाख २०८१ शनिबार
समाज

सवारी कारबाहीबाट ४४ लाख राजश्व संकलन

दाङ –जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु अार्थिक वर्षकाे तीन महिना अवधीमा नियम विपरीत सवारी साधन चाउने सवारी चालकलाई कारबाही गरी ४४ लाख ३७ हजार राजश्व संकलन गरेको छ । तीन महिनामा सात हजार २ सय सवारी चालकलाई कारबहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए ।

'गत साउनमा दुई हजार ५ सय सवारी चालकलाई कारबाही १२ लाख ३५ हजार, भदौमा दुई हजार ५९८ सवारी चालकलाई कारबाही गरी १६ लाख ४५ हजार राजश्व संकलन भएकाे थियाे,'उनले भने। उनका अनुसार असोजमा दुई हजार ६ सय सवारी चालकलाई गरिएको कारबाहीमा १५ लाख ५७ हजार ५ सय राजश्व संकलन भएको छ ।

 

प्रकाशित: ७ कार्तिक २०७४ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App