१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

बैतडी – प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि  उम्मेदवारी दर्ता भएलगत्तै जिल्ला प्रशासन कार्यालयले कुनैपनि सरकारी कर्यालय प्रमुखहरू निर्वाचन अवधीभर बिदा बस्न नपाउने भएका छन् । साेमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कार्यालय प्रमुखले बिदा बस्न नपाउने निर्णय गरेको छ ।

निर्वाचनसँग सम्बन्धित विवरण र स्रोत साधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । 'प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि  उम्मेदवारी दर्ता भएलगत्तै सरकारी कार्यालय प्रमुखहरू निर्वाचन अवधीभर बिदा बस्न नपाउने निर्णय गरिएकाे हाे । सरकारी कार्यालयमा रहेका सवारी साधन दुरुस्त राख्नुपर्ने, जिल्लामा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारी साधन संञ्चालन गर्नुपरेमा र जिल्ला बाहिर सरकारी सवारी साधन लग्नुपर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णयसमेत भएको छ,'उनले भने ।

प्रकाशित: ७ कार्तिक २०७४ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App