६ वैशाख २०८१ बिहीबार
खेल

महर्जनको क्लब बराबरीमा

काठमाडौं- बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा लगातार दोस्रो बराबरी खेलेको छ। नेपाली प्रशिक्षक महर्जनको टोली ब्रदर्श युनियनले बिजेएमसीसँग शनिबार राती १–१ को बराबरीमा रोकेको थियो।

चित्तागोङस्थित एमए अजिज रंगशालामा १–० ले पछि परेको खेल उल्टाउँदै महर्जनको टोली १ अंक जोड्न सफल भएको थियो। दोस्रो हाफको इन्जुरी समयमा नाइजेरियन एनकोचा किङ्सलेले बराबरी गोल गरेका थिए। दी डेल्ली स्टारका अनुासर त्यसअघि १४ औं मिनेटमा मोख्लेसुन रहमानको गोलबाट बिजेएमसीका लागि पहिलो गोल गरेका थिए।

खेलमा लगातार दबाब भोग्न थालेपछि महर्जनले मोहम्मद रुनीलाई दायाँ विङ्समा उतारेका थिए। यही मुभले खेलमा प्रभाव पार्न सुरु भएको थियो। उनकै क्रममा ४ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा किङ्सलेले गोल गरेका थिए।

दुई खेलको प्रदर्शनबाट महर्जन सन्तुष्ट छैनन्। 'खेलाडीको मनोबल किन कमजोर भइरहेको मैले अलि बुझ्न सकेको छैन। फेडेरेसन कप र अभ्यासमा राम्रै गरेका खेलाडीबाट पनि अहिले राम्रो प्रदर्शन भइरहेको छैन,' छ महिनाअघि बंगलादेशमा नेपाली टोलीलाई बंगबन्धु गोल्डकप जिताएका महर्जनले भने,'बल पोसेसन पनि राख्न सकेनौं। गोलकिपर र रक्षापक्तिमा तामेल अभाव छ।'

नयाँ र युवा खेलाडीको बाहुल्यता रहेकाले पनि टोलीले संघर्ष गर्नुपर्नेको महर्जनको बुझाइ छ।'पहिलाका धेरै खेलाडी अहिले छैनन्। युवा खेलाडी बढी छन्। उनीहरुमा अनुभवको कमी छ,' उनले आशा व्यक्त गरे,'फेडेरेसन कपमा प्रतिबन्धमा परेका रक्षक फर्कदैछन्। उनको आगमनले रक्षापक्ति बलियो हुने अपेक्षा छ। मंगलबार हुने मुक्तिजोद्धासँगको खेल महत्वपूर्ण छ।'

अघिल्लो साता सुरु भएको लिगको अघिल्लो खेलमा पनि ब्रदर्श युनियन र बिजेएमसीले बराबरी नतिजा निकालेका थिए। लिगको पहिलो खेलमा ब्रदर्श युनियनले फेनी सकरसँग तथा बिजेएमसीले मुक्तिजोद्धासँग बराबरी खेलेका थिए। दुवै खेलमा १–१ को समान बराबरी नतिजा निस्किएको थियो।

अर्को खेलमा नाइजेरियन अहमद कोलु मुसाको दुई गोलमा मुक्तिजोद्धाले आरमबाग केएसलाई ३–० ले हराएको छ। जितपछि १२ टोली सम्मिलित लिगमा मुक्तिजोद्धा शीर्ष स्थानमा पुगेको छ। मुक्तिजोद्धासँगै शेखजमाल डिसी, अबहानी, चट्गाउ अबहानी र रहमतजन्ज एमएफएसको समान ४ अंक छ।

प्रकाशित: १७ श्रावण २०७३ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App