coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाको क्लिन स्विप

इस्ट लन्डन- दक्षिण अफ्रिकाले आइतबार बंगलादेशलाई तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा २ सय रनले पराजित गर्दै तीन खेलको शृंखलामा ‘क्लिन स्विप’ गरेको छ ।
दक्षिण अफ्रिकाले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याएको बंगलादेश ४०.४ ओभरमा १ सय ६९ रनमा सीमित भएको थियो ।
६१–५ को कठिन स्थितिमा भएको बंगलादेशी इनिङलाई छैटौं विकेटका लागि सबिर रहमानसँग ७७ रनको साझेदारी गर्दै अलराउन्डर साकिब अल हसनले उकास्ने प्रयास गरे पनि त्यो सफल भएन । ६२ बल खेलेका साकिबले ८ चौकाको मद्दतमा ६३ रन प्रहार गर्दा ४९ बल सामना गरेका रहमानले ६ चौका मद्दतमा ३९ रन जोडे । साकिब र रहमान पवेलियन फर्केपछि बंगलादेशले थप ४१ रन जोड्दा बाँकी ४ विकेट गुमाएको थियो ।
बंगलादेशलाई सस्तोमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका इमरान ताहिर, डेन पाटेरसन र एडिन मार्कामले समान ३÷३ विकेट लिएका थिए । कागिसो राबाडाको नाममा एक विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६८ रनको योगफल खडा गरेको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसीले सर्वाधिक ९१ रनको योगदान दिए । खुट्टाको चोटका कारण रिटायर्ड हर्ट हुुनुअघि ६७ बल खेलेका डु प्लेसीले १० चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै ओपनर क्विन्टन डी ककले ७३ र मार्कामले ६६ रनको योगदान दिए । ६८ बल खेलेका डी ककले ९ चौका र एक छक्का प्रहार गर्दा ६० बल खेलेका मार्कामले ४ चौका र २ छक्का प्रहार गरे ।
बंगलादेशका मेहदी हसन र तास्किन अहमदले समान दुई÷दुई विकेट लिए ।
यता डु प्लेसीले चोटका कारण बंगलादेशविरुद्धको दुई ट्वान्टी–२० अन्र्ताष्ट्रिय खेलको शृंखला गुमाउने भएपछि दक्षिण अफ्रिका क्रिकेट बोर्डले कप्तानको जिम्मेवारी जेपी डुमिनीले गर्ने जनाएको छ । शृंखलाको पहिलो खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ ।

 

प्रकाशित: ७ कार्तिक २०७४ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App