coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्वसभासद्को स्वतन्त्र उम्मेदवारी

रामेछाप- प्रतिनिनिधिसभा निर्वाचनका लागि रामेछापबाट वाम गठबन्धनका साझा उम्मेदवार दर्ता भए पनि वाम घटककै एक दल माओवादी केन्द्रका जिल्ला नेतृत्वका नेताले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् ।
माओवादी केन्द्रकी नेतृ एवं पूर्वसभासद् लक्ष्मी गुरुङले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । गुरुङले वाम गठबन्धन अपरिहार्य रहे पनि रामेछापमा माओवादी आन्दोलनको इतिहास बिल्कुलै फरक र ओजपूर्ण रहेकाले त्यसलाई कायमै राख्न आफूले उम्मेदवारी दिएको बताइन् । उनले केन्द्र र एक प्रदेशको माग गरे पनि आफूहरू केन्द्रमा मात्र सीमित भएकोले पनि उमेदवारी दिनुपरेको बताइन् ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज धावाले गुरुङले उम्मेदवारी फिर्ता लिने सम्भावना व्यक्त गरे । गुरुङले भने आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताइन् । उनले पार्टी नेतृत्वले पछिल्लो समय भएका प्रक्रिया र पद्धतिका विरुद्धमा नै आफूहरूको उम्मेदवारी रहेकाले फिर्ता लिन नसक्ने बताइन् ।

 

प्रकाशित: ७ कार्तिक २०७४ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App