coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वतन्त्र उम्मेदवारीले रामेछापमा वाम गठबन्धन संकटमा

रामेछाप- आसन्न प्रतिनिनिधी सभा निर्वाचनका लागि रामेछापबाट वाम गठबन्धनबाट साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएता पनि वाम घटककै एक दल माओवादी केन्द्रका जिल्ला नेतृत्वका नेताहरुले स्वतन्त्र उमेद्वारको रुपमा आइतबार मनोनयन दर्ता गराए।

बाम गठबन्धनबाट संयुक्त र कांग्रेस लगायतका अन्य साना दल र केही अन्य स्वतन्त्रबाट पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि रामेछामा उमेदवारी दर्ता भएता पनि बाम गठबन्धन र कांग्रेसमा भने माओवादी केन्द्रका केही अग्रज नेताहरुको समेत उपस्थितिमा स्वतन्त्र उमेदवारी दर्ता गराए पछि वाम गठवन्धनमा झड्का लागेको छ।

स्वतन्त्र उम्मेदवारकारुपमा माओवादी केन्द्रकी नेतृ  एवं संविधान सभामा समानुपातिक सभासद बनेकी लक्ष्मी गूरुङले प्रतिनिधि सभामा उम्मेदवारी दिएकी छन्। प्रदेश सभाका लागि रामेछाप १ मा हेमन्त पौडेल र क्षेत्र नं २ मा मदन कुमार मोक्तानको उम्मेदवारी दर्ता गराएका छन । पौडेल जिल्लामा नै रहेर माओवादी राजनीतिमा सक्रिय थिए भने मोक्तान पार्टीको केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य तथा पूर्व जिल्ला सेक्रेटरी हुन्।

जिल्लामा केही हैसियत राख्न सक्ने शक्तिबाट बाम गठबन्धनको विरुद्धमा स्वतन्त्र उमेद्वारी दर्ता हुँदा गठबन्धनमा ठूलै तहल्का मच्चिएको छ । यसको असरका बारेमा माओवादीले माथिल्लो निकायमा समेत समाधानका लागि जानकारी गराइसकेको स्रोतले बताएको छ। यस विषयमा केन्द्रमा जानकारी गराइ सकिएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज धावाले संचारकर्मीहरुलाई जानकारी दिएका छन। उनले ८ गते सम्म उम्मेदवारी फिर्ता हुने सक्ने संभावना रहेको समेत बताए । यता स्वतन्त्र उमेदवारी दर्ता गराएकी लक्ष्मी गुरुङले भने आफूले कुनै पनि हालतमा फिर्ता नलिने बताउँदै आएकी छिन। उनले पार्टी नेतृत्वले पछिल्लो समय भएका प्रक्रिया र पद्धतिका विरुद्धमा नै आफुहरुको उमेदवारी रहेकाले फिर्ता लिन नसक्ने बताइन।

वामगठबन्धनकोसँग एक्लो प्रतिष्पर्धामा रहेको नेपाली कांग्रेस पनि यतिबेला वाम गठबन्धनसित असन्तुष्ट रहेको शक्तिलाई समेत कसरी हात लिन सकिन्छ भन्नेतर्फ समेत जमर्को गर्न लागेको हल्लाले बाम गठबन्धनमा यतिबेला चिन्ता बढ्न थालेको छ भने नेतृत्व पंक्ति त्यही अनुसार मिलाउन लागि परेको बुझिएको छ । कांग्रेसका केही नेतृत्व पनि स्वतन्त्र शक्तिलाई हात लिने दाउमा लागि पर्ने संकेत समेत देखा परेको छ।

प्रकाशित: ६ कार्तिक २०७४ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App