coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई नाबालक छोरासहित मृत भेटिइन् महिला

भैरहवा— भाइटीकाको दिनदेखि हराइरहेकी भैरहवाकी एक महिला दुई नाबालक छोरासहित मृत अवस्थामा फेला परेकी छिन्। सिद्धार्थनगर नगरपालिका–१ नौडिहवाकी २८ बर्षे सुधा मल्लाह, उनका पाँच बर्षीय छोरा कुनाल मल्लाह र डेढ बर्षीय छोरा फुच्चे मल्लाह भैरहवाकै डण्डाखोलामा आइतबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए।

सुधा गत शनिबार बिहानै आफ्ना दुई छोरालाई साथमा लिएर घरबाट हिँडेको र अबेरसम्म पनि नफर्केको भन्दै उनका श्रीमान्ले खोजी गर्न प्रहरीलाई आग्रह गरेका थिए। खोजतलासका क्रममा आइतबार तीनै जनाको शव डण्डा खोलामा ढेड÷दुई सय मिटरको दुरीमा पानीमा तैरीएको अवस्थामा भेटिएको डिएसपी पाण्डेले जानकारी दिए। तीन जनाको ज्यान गएको सो घटनाबारे अनुशन्धान जारी रहेको प्रहरीले बताएको छ।

मृतक सुधाका पतिले मादक पदार्थ सेवन गर्ने र सोही विषयमा घरमा झैझगडा भइरहने भए पनि शनिबार उनी के कती कारणले घरबाट हिँडिन र घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए। सुधाको माइती भारतको सुनौली हो। घरमा सुधाका पति र सासुससुरा रहेको र आर्थिक अवस्था निकै कमजोर भएको बताइएको छ।

तीनै जनाको शव पोष्ट मार्टमकालागि जिल्ला भिम असपताल भैरहवामा राखिएको छ।

प्रकाशित: ६ कार्तिक २०७४ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App