७ वैशाख २०८१ शुक्रबार
राजनीति

पाँचथरमा यस्तो छ चुनावी गणित

पाँचथर- मंसिर–१० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि पाँचथरमा १३ पार्टीका २९ जनाको उम्मेद्वारी दर्ता भएको छ। यी मध्ये ११ जना प्रतिनिधि सभा र १८ जना प्रदेश तर्फका छन्। मुख्य दलहरुले पुरानै अनुहार दोहोर्‍याएका छन् भने साना दलहरुले नयाँ अनुहार उम्मेदवार बनाएका छन्।

प्रतिनिधि सभामा, प्रदेश सभमा नेपाली कांग्रेस र नेकपा (एमाले)तथा माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने आंकलन भईरहेको छ।  दुवैका तर्फबट हेभिबेट उम्मेदवार चुनावी मैदानमा छन्। संविधान सभा निर्वाचनमा एक–एक स्थानमा कांग्रेस र एमाललेले विजय प्राप्त गरेको थियो । स्थानीय तहको निर्वाचनमा चार स्थानमा कांग्रेस, तीन स्थानमा एमाले र एक स्थानमा माओवादीले जितेको थियो।

 काग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले एमाले जलस्रोत विभाग सचिव बसन्तकुमार  नेम्वाङको समाना गर्नु पर्ने छ। आङदेम्बे कांग्रेसका प्रभावशाली युवा नेतामा गनिन्छन्। दोश्रो संविधान सभाको निर्वाचनमा पाँचथर निर्वाचन क्षेत्र न. २ बाट आङदेम्बे विजयी भएका थिए। उनी पहिलो संविधान सभा निर्वाचनमा यहि क्षेत्रबाट पराजित भएका थिए। संसदको आपूर्ती तथा उपभोक्ता हक हित संरक्षण समितिका सभापति समेत भएका थिए।

नेम्वाङ २०५६ सालको निर्वाचनमा क्षेत्र न. १ बाट निर्वाचित सांसद हुन। दुईवटै संविधान सभा निर्वाचनमा चर्चा चलेपनि पार्टीले उम्मेद्वार बनाएको थिएन। २०५१ सालको निर्वाचनमा सोहि क्षेत्रवाट पराजित भएका थिए। जलविद्युत आयोजनामा लागनीकर्ता समेत रहेका छन्। माओवादीको समर्थनमा उनले कांग्रेसका आङदेम्बेलाई कडा चुनौती दिदैछन्।

प्रदेशमा पनि  कांग्रेस र  एमाले–माओवादी गठबन्धनको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।  प्रदेश क मा काग्रेसले जिल्ला सभापति नरेन्द्र कुमार केरुङ र खमा सुरेन्द्र दहाललाई उम्मेद्वार बनाएको छ । एमाले–माओवादी गठबन्धले कमा एमालेका केन्द्रीय सल्लकार परिषद सदस्य गणेश काम्वाङ र खमा माओवादीका पोलिब्युरो सदस्य इन्द्र आङबो मौसमलाई उम्मेद्वार बनाएको छ।

केरुङले दोश्रो संविधान सभा निर्वाचनमा पराजीत भएका थिए । उनी लगातार दुई कार्याकाल पार्टी सभापती छन् । प्रध्यापन पनि गरीसकेको केरुङ वौद्धिक तथा प्रभाशालि नेताको रुपमा चिनिन्छन् । उनले एमाले काम्बाङको समाना गर्नु पर्छ ।  काम्वाङ पूर्व सांसद हुन्। केरुङ र काम्वाङ पूर्व प्रतिस्पर्धी हुन। काम्वाङले दोश्रो संविधान सभामा केरुङलाई हराएका थिए । काम्वाङ पुराना नेताको रुपमा चिनिन्छन।

खमा दाहाल पहिलो चुनावी प्रतिस्पर्धामा छन् । काग्रेसका पूर्व सचिव दाहाल पुराना नेताहुन । तर संसदीय मोर्चामा पहिलो पल्ट देखा पर्दैछन। उनको प्रमुख प्रतिस्पर्धा माओवादीका मौसमसँग हुने आंकलन छ । मौसम युवा नेता हुन । खमा राप्रपा प्रजातान्त्रिकका सगुन सुन्दर लावतीपनि दावेदार छन। उनी पूर्वका चर्चित नेता स्व. पदमसुन्दर लावतीका छोरा हुन।

प्रकाशित: ६ कार्तिक २०७४ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App