६ वैशाख २०८१ बिहीबार
समाज

भैली खेलेको रकमबाट विद्यालयमा साेलार

जाजरकोट – जाजरकाेटकाे कुशे गाउँपालिका–५ स्थित रामचन्द्र प्राथमिक विद्यालयलाई भैली खेलेको रकमबाट सहयोग स्वरुप सौर्य बत्ती उपलब्ध गराइएको छ। 

स्थानीय पाँचकाटियाका युवा–युवतीले भैली खेलेर जम्मा गरेको रु ४० हजार बराबरको रकमबाट विद्यालयलाई सौर्य उर्जाको उपकरण किनेर उपलब्ध गराएको प्रधानाध्यापक नीमबहादुर ओलीले बताए। 

भैली खेलेको रकमबाट भोजलगायत अन्य फजुल खर्च गर्नेहुने गरेको थुपै उहाहरण देखिएको अवस्थामा पाँचकाटियाका युवा–युवतीले सकारात्मक सन्देश दिएको स्थानीयवासी रामबहादुर पुनले बताए। 

प्रकाशित: ६ कार्तिक २०७४ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App