coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

अर्घाखाँची – सन्धिखर्क नगरपालिका जगातमा भएको जिप दुर्घटनामा सोमबार एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। 

गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१च ६७६६ नं को जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीयवासी पोमनारायण पोख्रेलले जानकारी दिए। 

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए। जिप सडकबाट करिब १०० मिटर तल खसको थियो। मृतक पुरुष रहेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ६ कार्तिक २०७४ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App