coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियासँग युद्ध गर्न सक्ने चीनको खुलासा

बेइजिङ– उत्तर कोरियाप्रति चीन आक्रोशित देखिएको छ । चीन रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले उत्तर कोरियासँग युद्ध गर्न सक्ने खुलासा गरेका छन्। 

बेइजिङस्थित रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक डाक्टर चोङ शो हूले उत्तर कोरियाली शासक किम जोन उनले मृत्यु चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

उत्तर कोरियासँगको लामो ऐतिहासिक सम्बन्ध आगामी दिनमा  उत्तर कोरियाली गतिविधिका कारण नै लामो समयसम्म नटिक्ने बताउँदै चिनियाँ राष्ट्रपति सि जिङ पिङले किमको गतिविधिले आफू वाक्क दिक्क भइसकेको अभिव्यक्ति दिएका छन्। 

उत्तर कोरियाले आगामी दिनहरूमा क्षेप्यास्त्र प्रहार गरेमा त्यसको कडा प्रतिकार गर्ने चिनियाँ विदेश मन्त्रालयको दाबी छ। उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणप्रति धैर्यताको सीमा नै नाघिसकेको राष्ट्रपति पिङले बताइसकेका छन्। 

उत्तर कोरिया विरूद्ध सैन्य समाधान खोज्नका लागि समेत चीन तयार रहेको चिनियाँ रक्षा मन्त्रालयले बताएको छ । राष्ट्रपति पिङले अघिल्लो साता  चीनलाई विश्वकै एक शक्तिशाली मुलुकको रूपमा घोषणा गरेका थिए। 

चीनले सन् २०५० सम्ममा चिनियाँ सेनालाई विश्वकै उत्कृष्ट सेना बनाउने तयारी गरेको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेको छ। 

 

प्रकाशित: ६ कार्तिक २०७४ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App