coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोलखामा कांग्रेसबाट नयाँ अनुहार

दोलखा – मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दोलखा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । 
आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गर्नेहरू सबै नयाँ अनुहार हुन् । 

प्रदेश सभामा दुई र प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा कांग्रेसका तर्फबाट जिल्ला पार्टी सभापति रुद्रबहादुर खड्काले प्रतिनिधि सभा र महासमिति सदस्य बर्मा लामाले प्रदेश सभा सदस्यका लागि क्षेत्र नं १ र अर्का महासमिति सदस्य केशवराज चौलागाईले प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन्। 

दोलखा कांग्रेसमा यि तिनै जना आम निर्वाचनका लागि नयाँ अनुहार हुन् । गौरीशंकर गाउँपालिका ४ झ्याँकु घर भएका प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका खड्का यस अघि २०४९ मा कांग्रेसका तर्फबाट जिल्ला विकास समिति दोलखाको निर्वाचित सभापति बनेका थिए । २०३६ साल देखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी दोलखाका पुराना विकास प्रेमी नेता हुन् । उनी जिविस सभापति भए यता अहिले सम्म संसदीय चुनाव लडेका छैनन्। 

जिल्लाको भीमेश्वर नगरपालिका ४ जिलुका चौलागाई दोलखा कांग्रेसमा वाक क्षमता भएका नेता मानिन्छन् । पार्टी महासमिति सदस्य चौलागाई लामो समय देखि राजनीतिमा सक्रिय छन् । उनी पनि संसदीय निर्वाचनका लागि नयाँ अनुहार हुन्। 

यस अघि दोलखा कांग्रेसमा क्षेत्र नं १ मा बहुदल यताका २०६४ सम्मका निर्वाचनमा भीमबहादुर तामाङ र २०७० को चुनाव जिपछिरिङ लामाले लड्दै आएका थिए भने क्षेत्र नं २ मा २०४८ मा कृष्ण थापा २०५१ मा माधवमणी राजभण्डारी, २०५६, २०६४ र २०७० मा ताराबहादुर कोइरालाले चुनाव लडेका थिए। 

प्रकाशित: ६ कार्तिक २०७४ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App