८ वैशाख २०८१ शनिबार
कला

सकियो श्वेताको ‘कान्छी’

कठमाडौं- नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको समय तालिकामा छायांकन सकेको हो ।
दयाहाङ राई र श्वेताको प्रमुख भूमिका रहेको फिल्म मुस्ताङ, माथिल्लो मुस्ताङ, जोमसोम र राजधानी वरपर छायांकन गरिएको थियो । फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।
फिल्मको छायांकन सकिएपछि श्वेताले लक्ष्मीपूजाको दिन फेसबुकमार्फत पति श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली स्वरुप माघ २६ गते फिल्म ल्याउने लेखेकी थिइन् । ‘दादाको सम्बोधनमार्फत् आदर गर्ने मेरा स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ ज्युप्रति हार्दिक श्रद्धाञ्जली स्वरुप आगामी माघ २६ गते ‘कान्छी’ लाई दर्शकसामु ल्याउँदैछु । एउटा कलाकारको पत्नीको नाताले मैले उहाँलाई एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेकी छु । मैले आफ्नो गच्छे र दक्षताले भ्याएसम्मको मेहनत गरेकी छु । मेरो यो मेहनतमा मेरा सहकर्मी मित्रहरूलगायत ‘कान्छी’ निर्माणका सम्पूर्ण युनिटको पसिना मिसिएको छ । ‘कान्छी’ लाई तपाईंहरुको सल्लाह सुझाव र उत्प्रेरणाको खाँचो छ । मेरा त्रुटीहरूलाई औल्याएर आगामी दिनमा झन परिस्कृत हुने मौकाबाट मलाई बञ्चित नगराउनु होला ।’ उनले लेखेकी थिइन् ।
ग्रामीण भेगकी कान्छी पात्रको कथालाई प्रस्तुत गरिएको फिल्ममा शम्भुजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत र पुरुषोत्तम प्रधानको छायांकन छ । श्वेता ‘कोहिनूर’ पछि ‘कान्छी’मार्फत फिल्म निर्माण तथा अभिनयमा फर्किएकी हुन् ।

प्रकाशित: ६ कार्तिक २०७४ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App