coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक गठबन्धनमा उत्साह

सिन्धुपाल्चोक- वबाम–लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् । ढिलो गरी उम्मेदवारको टुंगो लागे पनि तिहार बिदा सकिएको भोलिपल्टै गठबन्धनले ठूलो संख्यामा नेता, कार्यकर्ता सदरमुकाम उतारेका थिए ।
    संघ र प्रदेशसभामा पञ्चायती राजनीतिका हस्ती राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा, माओवादी केन्द्रका स्थायी समिति सदस्य अग्नि सापकोटा, सरकारका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र एमाले पोलिटब्युरो सदस्य अरुण नेपालको उम्मेदवारीले सिन्धुपाल्चोक चर्चामा छ ।
    ब्याण्ड बाजाको साथमा कम्युनिस्ट, सूर्य र गोलाकारभित्रको हँसिया हथौडा अंकित झन्डा फहराउँदै एमाले–माओवादी केन्द्रको वाम गठबन्धन सबैभन्दा पहिला उम्मेदवार दर्ता गराउन पुगेको थियो । वाम गठबन्धनको नेतृत्व माओवादीका नेता सापकोटाले गरेका थिए । उनी वाम गठबन्धनको तर्फबाट संघीय निर्वाचन क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा छन् ।
    परम्परागत पन्चैबाजा, धिमै बाजाले बजार गुञ्जाउँदै कांग्रेस–राप्रपा (प्रजातान्त्रिक) को लोकतान्त्रिक गठबन्धनले उसैगरी नाराबाजीको साथ दलीय चुनाव चिह्न अंकित झन्डा फहराउँदै उम्मेदवारको मनोनयन दर्ता गराएको थियो । यो गठबन्धनको नेतृत्व राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणा र मन्त्री बस्नेतले गरेका थिए । एकअर्कालाई सघाउने निर्णयअनुसार राणा संघीय क्षेत्र नं. २ र कांग्रेस केन्द्रीय सदस्य रहेका बस्नेत संघीय क्षेत्र नं. २ बाट प्रतिस्पर्धामा होमिएका छन् ।
    सयपत्री फूलको माला, खादा र अबिर टीका लगाएका दुवै गठबन्धनका उम्मेदवार ‘दुलहा’ जस्ता देखिन्थे । रुख र गोलाकारभित्र हलो चिह्न अंकित झन्डा बोकेका लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता ¥यालीमा बढी उत्साही देखिन्थे । उसले वाम गठबन्धनको तुलनामा केही बढी कार्यकर्ता उतारेको थियो । चुनावी तालमेलले दुवै पार्टीका बलिया आकांक्षी बाहिर परेपछि वाम गठबन्धनको ¥यालीमा निरासासमेत देखिएको थियो ।
    लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता गराउन चर्चित अभिनेत्री तथा राप्रपा (प्रजातान्त्रिक) की नेतृ रेखा थापा, नेता सुनिलबहादुर थापासमेत आएका थिए । अभिनेत्री थापाले गठबन्धनका पक्षमा माहोल सिर्जना गर्न आएको बताइन् । ‘लोकतान्त्रिक गठबन्धनलाई जिताउनु छ । सँगै हाम्रा पार्टी अध्यक्ष (राणा) लाई पनि जिताउनै प¥यो,’ उनले यहाँ आउनुको कारणमा भनिन् ।
    संयुक्त ¥यालीमा आआफ्नो दललाई भोट माग्दा दुवै गठबन्धन नेता कार्यकर्ता झुकिन्थे । वाम गठबन्धनमा भोट के मा भन्दा केही सूर्यमा भन्थे, कतिपय गोलाकारभिको हँसिया हथौडामा । लोकतान्त्रिक गठबन्धनमा पनि कतिपय रूखमा भन्थे त केही हलोमा । त्यातिबेला नेता, कार्यकर्ताबीच हाँसो चल्थ्यो ।
    नगन्य संख्यामा स्वतन्त्र उम्मेदवारीबाहेक वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारकै मनोनयन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार  संघीय निर्वाचन क्षेत्र नं. १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता अग्नि सापकोटा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस नेता मोहनबहादुर बस्नेतको उम्मेदवारी दर्ता भएको छ । लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा (क) मा विष्णुबहादुर खत्री (कांग्रेस) र (ख) मा राजेन्द्रकुमार श्रेष्ठ तथा वाम गठबन्धनबाट क्रमशः अरुण नेपाल (एमाले) र सरेश नेपाल (एमाले) को मनोनयन परेको छ ।
संघीय निर्वाचन क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनका राप्रपा प्रजातान्त्रिक अध्यक्ष पशुपतिशमशेर राणा र वाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा  (क)  र (ख) मा लोकतान्त्रिक गठबन्धनबाट विकास तामाङ (कांग्रेस), निमा लामा ह्योल्मो (कांग्रेस) र वाम गठबन्धनबाट क्रमशः युवराज दुलाल (माओवादी) र दावा तामाङ (माओवादी) को उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित: ६ कार्तिक २०७४ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App