coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वाम गठबन्धनमा पुराना र कांग्रेसमा नयाँ अनुहार

रामेछाप- आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रामेछापमा आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामा वाम गठबन्धनबाट भने पुरानै अनुहार आएका छन भने कांग्रेसमा नयाँ पुस्ताका अनुहार देखिएका छन।

          उमेदवारका लागि निकै दौडधुपमा रहेका पार्टीका नेताहरु, कसले टिकट ल्याउला भन्ने आम मतदाता अनि तिनका कार्यकर्तामा चासो अनि चिन्ता विषय बनेको उम्मेदवारी अन्तिम नाम मनोनयन भएसँगै जिल्लाको चुनावी माहोल समेत अर्कै बन्ने देखिएको छ। वाम गठबन्धनको नेकपा एमाले र माओवादी केन्द्रबाट जिल्लामा नेतृत्व तवरमा रहेर काम गरेका नेताहरुले टिकट पाएका छन भने कांग्रेसमा पुस्ताअन्तर नै भएको छ।

 कांग्रेसमा भने जिल्ला नेतृत्वमा रहेकाहरु भन्दा पनि नयाँ पुस्ताका युवाहरुमा टिकट पुगेको छ । जिल्ला नेतृत्वमा रहेका नेताहरु पनि टिकटका लागि दौडधुपमा रहेता पनि टिकट भने युवा पुस्तामा पुगेको हो। आसन्न निर्वाचनका लागि गठबन्धनबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका तर्फबाट यस अघि गृहराज्यमन्त्रीको जिम्मेवारी सम्हालेका श्याम कुमार श्रेष्ठ चुनावमा लड्ने भएका छन । प्रदेश सभाका लागि रामेछापबाट दुबै क्षेत्र एमालेले पाएको छ । एमालेका तर्फबाट रामेछाप १ मा एमाले जिल्ला सभापति शान्ति प्रसाद पौडेल र रामेछाप २ मा कैलाश प्रसाद ढुंगेलले चुनावी प्रतिस्पर्धाका लागि उमेदवारी दर्ता गराएका छन । यता नेपाली कांग्रेसबाट प्रतिनिधी सभाका लागि पूर्ण बहादुर तमाङ (कान्छाराम) र प्रदेश सभाका लागि रामेछाप १ मा रत्न बहादुर कार्की र २ मा जित बहादुर मगरले उम्मेदवारी दर्ता गराएका छन । कांग्रेसबाट उमेदवार बनेका तीनै जना जिल्ला नेतृत्वमा नरहेता पनि पार्टिका क्रियाशिल नेताका रुपमा रहेका थिए । तमाङ ठेक्कापट्टा सँगै कांग्रेसको राजनीतिमा सक्रिय रहेर सामाजिक सेवा समेत गर्दै आएका छन । बाकी प्रदेश सभाका २ उमेदवार भने नयाँ युवापुस्ताका हुन । उनीहरुले कांग्रेस भित्र पुस्ताअन्तरमा टिकट हात पारेका हुन । कान्छारामको टिकटका लागि निकै चर्चा रहेता पनि २ युवामा टिकट पुग्दा आश्चर्य मान्नेहरु पनि उतिकै रहेका छन ।

          शान्तिपुर्ण रुपमा मनोनयन दर्ता भएको रामेछापमा मुख्य दुइ ठूला शक्ति सँगै अन्य दलहरुले समेत मनोनयन दर्ता गराएका छन । संघीय समाजवादी फोरमबाट प्रतिनिधी सभामा अमृत बहादुर सुनुवार, क्षेत्र नं १ मा प्रेम बहादुर तमाङ र २ मा राम बहादुर मोक्तानले उमेदवारी दर्ता गराएका छन । राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधि सभामा लाल बहादुर तमाङ, क्षेत्र नं १ मा दीप बहादुर तमाङ र २ मा रविन्द्र थापाले उमेदवारी दर्ता गराएका छन । त्यस्तै गरी नयाँ शक्ति पार्टीबाट प्रतिनिधि सभामा कोमल थापा मगर, क्षेत्र नं १ मा मन बहादुर सुनुवार र २ मा धनमान थोकरले उमेदवारी दर्ता गराएका छन । जिल्लाका अन्य साना दलले समेत साँझ ६ बजे सम्म पनि उमेदवारी दर्ता गराइ रहेका थिए । उनीहरुको आधिकारिक नाम भने मुख्य निर्वाचन अधिकृतको कार्यलयले सार्वजनिक गर्न भने बाकी नै रहेको छ।

प्रकाशित: ५ कार्तिक २०७४ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App