७ वैशाख २०८१ शुक्रबार
समाज

छड्केमा १ सय १३ परे

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार गरेको छड्के अनुगमनमा १ सय १३ जना कर्मचारी अनुपस्थित पाइएको छ। काठमाडौंका १३ वटा कार्यालयमा जिल्ला प्रशासनका कर्मचारी छड्केका लागि अकस्मात पुग्दा धेरै कर्मचारी अनुपस्थित भेटिएका हुन्।

कार्यालयमा अधिकृत स्तरका ४३ जना र सहायक स्तरका ७० जना कर्मचारी कार्यालयलाई कुनै पनि जानकारी नदिई अनुपस्थित भएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता गणेशप्रसाद भट्टराईले बताए। उनका अनुसार सरकारी कार्यालयमा छिटोछरितो काम नभएको गुनासो आएपछि अनुगमन गरिएको थियो।

अनुगमन क्रममा सबैभन्दा धेरै डिभिजन सडक कार्यालय मीनभवनका २० जना कर्मचारी अनुपस्थित रहेको भेटिए। त्यहाँका ८ जना अधिकृत र १२ जना सहायक कर्मचारी कार्यालयमा थिएनन्।

कार्यालयका १९ जना कर्मचारीले पोसाक नलगाएको भेटिएको भट्टराईले जानकारी दिए। सरकारले पोसाकका लागि भत्ता उपलब्ध गराउँदै आएको छ। कार्यालयमा रहँदा परिचयपत्र लगाउनुपर्ने भए पनि १८ जनाले लगाएका थिएनन्। तोकिएको सिटमा ५ जना कर्मचारी नबसेको जिप्रका काठमाडौंले जनाएको छ।

अनुगमन क्रममा बडापत्र, सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी भए नभएको हेरिएको थियो। काठमाडौं तराई फास्ट ट्र्याक आयोजनामा नागरिक बडापत्र, गुनासो सुन्ने अधिकारी राखिएको छैन। जिल्ला प्राविधिक कार्यालयमा समेत गुनासो सुन्ने अधिकारी नभएको अनुगमन क्रममा भेटिएको हो।

मालपोत, नापी, जिविस, जिल्ला प्राविधिक, जिल्ला कृषि, डिभिजन सडक, जिल्ला शिक्षा कार्यालय, भवन निर्माण, कोष तथा लेखा नियन्त्रण, करदाता सेवा कार्यालय, डिभिजन सडक, काठमाडौं तराई फास्ट ट्र्याक आयाजना, काठमाडौं उपत्यका सडक विस्तार आयोजनामा अनुगमन गरिएको थियो।

प्रकाशित: ६ असार २०७३ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App