७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुख्य सचिवमा तीन सचिवको दौड

काठमाडौं- मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकाश पाउने भएपछि रिक्त हुने मुख्य सचिव पदका लागि सरकारका तीन बरिष्ठ सचिवहरु प्रतिस्पर्धामा उत्रिएका छन्।

निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्नका लागि बरिष्ठ सचिवहरु प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय, प्रधानमन्त्री कार्यालयकै अर्का सचिव शंकर अधिकारी र गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी प्रतिस्पर्धामा देखिएका हुन् । गत असार २९ गते मुख्य सचिव बनेका क्षेत्री ५८ बर्षे उमेरहदका कारण ३ महिना १० दिनको कार्यकालपछि अवकाश पाउने भएपछि नेपालको २४ औं मुख्य सचिवका लागि उपाध्याय, अधिकारी र रेग्मीवीच प्रतिस्पर्धा देखिएको हो।

प्रतिस्पर्धामा रहेका तीनै जना सचिवहरु २०७० साउन ६ गते एकैदिन सचिव बढुवा भएका हुन्। जसमध्ये उपाध्याय २०६९ माघदेखिनै कामु सचिव भैसकेका थिए । बरियताक्रम अनुसार उपाध्याय पहिलो, अधिकारी दोश्रो र रेग्मी तेश्रो बरियताक्रममा छन्।

सरकारका ६० जना सचिवमध्ये मुख्य सचिवको प्रतिस्पर्धामा रहेका यि तीनवटै सचिवहरुले आ आफ्नो पक्षमा लविङ समेत थालेका छन् । मुख्य सचिवको दौडमा पहिलो नम्वरमा रहेका उपाध्याय र दोश्रो नम्वरमा रहेका अधिकारी खासै विवादमा परेका छैनन् । तेश्रो नम्वरमा रहेका रेग्मी शक्तिकेन्द्रसँग नजिक हुन र फाइदा लिन माहिर मानिन्छन्। रेग्मीको तुलनामा उपाध्याय र अधिकारीको सिधा राजनीतिक सम्पर्क छैन।  राजनीतिक नेतालाई रिझाउन सकेकै कारण रेग्मी पछिल्ला एमाले, माओवादी र कांग्रेसको गरि तीनवटै सरकारमा अर्थ र गृहजस्ता महत्वपूर्ण मन्त्रालयमा आफुलाई टिकाउन सफल भए । उनीमाथि शक्तिकेन्द्रसँग नजिकिएर फाइदा लिने र फाइदा नदेखिए जुनसुकै वेला छाडिदिने, राज्यको स्रोत व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने, समुहमा मिलेर काम गर्न नसक्ने र अडानमा बस्न नसकेको आरोप छ। उनीमाथि माथिल्लो पदकाले जे भन्यो त्यही मान्ने र आफु टिकिरहने कुटिल कला भएको उनका समकक्षीहरु बताउँछन् । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणासँग निकै राम्रो सम्वन्ध बनाएका रेग्मीलाई बरियता मिचेरै भएपनि मुख्य सचिव बनाउन प्रधानमन्त्रीमाथि दवाव बढेको प्रधानमन्त्री निकट स्रोतले बतायो । तर राज्यपुर्नसंरचनाको व्यवस्थापन, कर्मचारी समायोजन लगायतका नेतृत्वदायी भूमिका हुने मुख्य सचिव व्यक्तिगत स्वार्थमा नियुक्त गर्दा सरकार बदनाम हुने र चुनावको मुखमा राम्रो सन्देश नजाने भन्दै सरकारकै केही प्रभावशाली मन्त्री एवं कांग्रेस नेताहरुले कुनै पनि हालतमा रेग्मी मुख्यसचिव बनाउन नहुने अडानमा छन्।

मुख्य सचिवको दौडमा पहिलो नम्वरमा रहेका उपाध्याय र दोश्रो नम्वरमा रहेका अधिकारी खासै विवादमा परेका छैनन्।  उपाध्यायलाई कुटनीति, अर्थशास्त्र र वाणिज्यमा विशेष दख्खल भएका हाक्की स्वभावका सचिवको रुपमा लिइन्छ । अर्का प्रतिस्पर्धि अधिकारी भद्र र अध्ययनशिल मानिन्छन् तर सकभर काम टार्न खोज्ने र मिलेर काम गर्न नसक्ने आरोप उनीमाथि छ।

तीन प्रतिस्पर्धीमध्ये मुख्य सचिव बन्ने ३ बर्षे कार्यकाल सम्हाल्नेछन् भने मुख्य सचिवमा बढुवा नहुने दुई जना सचिवको रुपमा ५ बर्षे कार्यकाल २०७५ साउन ६ गतेसम्म बहाल रहनेछन्।

आफ्नो पदावधी बाँकी रहँदै तत्कालीन मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंकको बैकल्पीक कार्यकारी निर्देशकमा नियुक्त भएर गएपछि सरकारले असारमा क्षेत्रीलाई मुख्य सचिवमा बढुवा गरेको थिथो।

प्रकाशित: ५ कार्तिक २०७४ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App