coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जुम्लामा उल्लासमय मनोनयन दर्ता

मनाेनयन दर्ताका लागि चुनाव चिह्न देखाउँदै निर्वाचन कार्यालय तर्फ जाँदै नेमकिपाका उम्मेद्वार तथा कार्यकर्ता । तस्बिर : डिबी बु्ढा

जुम्ला – मंसिर १० गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा मनोनयन दर्ता उल्लासय तरिकारले सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वामगठवन्धन, नेपाली काँग्रेस र नेकिपाले मनोनय दर्ता गराएका हुन । वाम गठवन्धनबाट नेकपा माओवादी केन्द्रका गजेन्द्र बहादुर महतले प्रतिनिधी सभाको निर्वाचनको लागि उम्मेदवार दर्ता गराएका हुन । यस्तै माओवादीका नरेश भण्डारीले क्षेत्र नम्बर (क ) र नेकपा एमालेका पदम रोकायाले (ख) क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन। 

नरेश भण्डारी २०६४ सालको संविधान सभाको चुनावमा विजयी भएका थिए । भने प्रतिनिधी सभाका उम्मेदवार गजेन्द्र बहादुर महत र (ख) क्षेत्रका पदम रोकायाले २०७० सालको संविधान सभाको चुनावमा काग्रेसबाट पराजित भएका थिए । 
यस्तै नेपाली काँग्रेसका नेता देवेन्द्र बहादुर शाहीले प्रतिनिधी सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन । उनी नेपाली काँग्रेसमा लामो समय देखि राजनीतिमा सक्रिय नेता हुन । राजुसिंह कठायतले (क) क्षेत्रबाट र भिमनिधी हमालले (ख) क्षेत्रबाट प्रदेश सभाको चुनावका लागि उम्मेदवारी दर्ता गराएका हुन । यता कठायत निर्माण व्यवसायी हुन् । भने हमाल काँग्रेस महासमिति सदस्य हुन्। 

यस्तै नेमकिपाका केन्द्रिय सदस्य डिल्ली प्रसाद काफ्लेले प्रतिनिधी सभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि उनी समानुपातिक सांसदमा रुपमा थिए । यस्तै क्षेत्र (क)का लागि नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डागीले उम्मेदवारी दर्ता गराएका छन् । भने (ख) क्षेत्रवाट गोर्ख बहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् । नेमकिपा जुम्लाले पहिलो मनोनयन दर्ता गरेकोमा क्रमश काँग्रेस र वाम गठवन्धनले द्वितीय र तृतीय स्थानमा मनोनयन दर्ता गराएका हुन।
सदरमुकाम खलंगामा गाउँबाट कार्यकर्ता झिकाएर मनोनयन दर्ता गराएका हुन। 

 

प्रकाशित: ५ कार्तिक २०७४ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App