coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीले लगायो उम्मेदवारको टुंगो

काठमाडौँ – आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएपछि केन्द्रले पाउने उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। 

उनका अनुसार संघीय संसद्का उम्मेदवारमा भोजपुरमा सुदन किराँती, सोलुखुम्बुमा हेमकुमार राई, रामेछापमा श्यामकुमार श्रेष्ठ र सिन्धुपाल्चोक क्षेत्र नं १ मा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाइएको छ । त्यसैगरी नुवाकोट क्षेत्र नं १ मा हितबहादुर तामाङ, लमजुङमा देवप्रसाद गुरुङ, गोरखा क्षेत्र नं १ मा हरिराज अधिकारी र २ मा नारायणकाजी श्रेष्ठ, बागलुङ क्षेत्र नं २ मा देवेन्द्र पौडेल तथा रोल्पामा वर्षमान पुन उम्मेदवार बनेका छन्। 

रुकुम (पूर्व)मा कमला रोका, रुकुम (पश्चिम)मा जनार्दन शर्मा, जुम्लामा गजेन्द्र महत, कालीकोटमा दुर्गाबहादुर रावत, हुम्लामा जिमी लामा र जाजरकोटमा शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाइएको छ। प्रवक्ता भुसालका अनुसार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्यमध्ये १६ वटामा प्रत्यक्ष उम्मेदवारी दिइएको हो । त्यसैगरी पार्टीले प्रदेशसभामा ३२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ। 

प्रकाशित: ५ कार्तिक २०७४ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App