८ वैशाख २०८१ शनिबार
अन्य

विदेशमा हिन्दु संस्कृति

यसपालि दसैंमा टीकाको कार्यक्रम थिएन । त्यसैले हामी ६ दिनको छोटो बिदा सदुपयोग गर्ने  निधो गर्यौँ । काठमाडौँबाट मालिन्डो फ्लाइटमा करिब पाँच घण्टा लगाएर मलेसिया पुग्यौँ । त्यसपछि ३÷४ घण्टा ट्रान्जिटमा बिताएर दुई घण्टाको फ्लाइटमा इन्डोनेसियाको चर्चित पर्यटकीय गन्तव्य बाली पुग्यौँ ।
बाली पुग्दा त्यहाँको समयअनुसार बिहानको दस बजेको थियो । काठमाडौँबाट हामीले अटोबालीडटकममार्फत् ट्याक्सी बुक गरेका थियौँ । बालीको चक्कर लगाउन १० घण्टा रिजर्भ गरेको ट्याक्सीले करिब ४० डलर लिदोरहेछ ।
डेनपार्क विमानस्थलबाट नुसा दुआ सहरतिर लाग्यौं । यसअघि मेरो मनमा बालीको सुन्दर तस्बिर मात्र थियो, त्यो पनि इन्टरनेटमा हेरेका । त्यहाँका तस्बिरहरु देख्दा मात्र पनि एक पटक त्यहाँ पुग्न पाए हुन्थ्यो भन्ने लागेको थियो र स्वाभाविक रुपमा यस पटक त्यहाँ पाइलै टेक्न पुग्दा मन पुलकित भइरहेको थियो ।
इन्डोनेसिया एउटा मुस्लिम मुलुक हो तर बालीमा अधिकांश ठाउँमा हिन्दू संस्कृति, मन्दिर, ठूला मूर्ति अनि हिन्दू धर्ममा आस्था राख्ने सर्वसाधारण देख्दा मलाई पशुपति या पाटनतिरै घुमेजस्तो या आफ्नो अनौठो गाउँठाउँतिर पुगेको अनुभूत भयो । अयोध्याका राजा रामचन्द्रको बेलाका मूर्ति देख्दा मनै आनन्द लाग्थ्यो । अझ दसैँको पू¨णमाको दिन हरेक घर पसलको दैलोमा पूजा गरेको रमाइलो लाग्यो । कतै कतै म कुन धर्मको भनी सोधे पनि । मैले आफूलाई हिन्दू धर्मावलम्बी भनी परिचय दिँदा उनीहरु खुसी भएको देख्दा कताकता खुसी पनि लाग्यो । बालीमा ८० प्रतिशतभन्दा बढी हिन्दु संस्कृतिले ओगटेको देखियो । बाली सहर घुम्दा देश छोडेर ४/५ दिन बिताइसकेँ भन्ने पनि लागेन न त देशको न्यास्रो नै । मन्दिरमा दर्शन गर्दा त्यहाँको लुङ्गी वा कम्मरमा केही कपडा बाँधेर जानु पर्दोरहेछ । त्यो कपडा स्थानीय १०,००० रुपैयाँ पर्दोरहेछ । एक जनाका लागि पोलेको मकै पोलेको किन्दा पनि १०,००० रुपैयाँ तिर्नु पथ्र्यो । नुसा दुआको समुद्री किनारको पानी यति सङ्लो थियो कि त्यो त मलाई संसारकै सफा समुद्री किनाराको पानीजस्तो लाग्यो । नीलो आकाश, व्यवस्थित भिड, व्यवस्थित बनाइएका प्राकृतिक सुन्दरताले सजिएको बाली सहरमा दुई रात बसेर सेमियाकतर्फ प्रस्थान ग¥यौं । सेमियाक भने पर्यटकका लागि अझ बढी व्यवस्थित र घुम्नका लागि रमाइलो ठाउँ थियो । यहाँ विस्तृत रुपमा फैलिएको समुद्री किनार, मन्दिरहरु, पुतली पार्क, धान खेतका विस्तृत र वृहद् ठाउँ त्यहाँ थिए । स्थानीय संस्कृति झल्काउने काठका मनोहर विविध सामग्रीहरुले पर्यटकलाई व्यस्त बनाइरहन्थे ।
हामीले आफ्नै देशका अनगिन्ती ठाउँ अवश्य घुम्नुपर्छ तर विदेश घुम्दा चाहिँ बाली एउटा नछुटाउने ठाउँ हो जस्तो महसुस भयो । aakriti72@gmail.com

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App