८ वैशाख २०८१ शनिबार
राजनीति

उल्लासका साथ मनोनय दर्ता हुँदै

पाँचथर– मंसिर १० गते हुने पहिलो चरणको प्रतिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा उल्लासका साथ मनोनय दर्ता सुरु भएको छ । मुख्य दलहरुवाट क्रमशः मनोनय दर्ता गर्ने गरीको तालिका अनुसार मनोनय सुरु भएको छ ।
सुरुवातमा नेपाली काग्रेसले मनोनय दर्ता गराएको छ । काग्रेसको तर्फवाट प्रतिनिधि सभमा पार्टीका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेको मनोनय दर्ता भएको छ । यस्तै प्रदेश तर्फ क मा जिल्ला सभापति नरेन्द्र कुमार केरुङ र खमा सुरेन्द्र दाहालको मनोनयन दर्ता भएको छ । कार्यकर्ताहरु र्याली सहित मनोनयन दर्ता भएको हो । राप्रपाका नेताहरु समेत मनोनयमा काग्रेसका उम्मेद्वारलाई समर्थन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
यस्तै बाम गठबन्धनका नेकपा (एमाले) र नेकपा (माओवादि) केन्द्रले संयुक्त रुपमा मनोनयको तयारी गरेका छन । सघिय समाजवादी फोरम, लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी लागायतका पार्टीले मनोनय दर्ताको तयारी गरेका छ्न।

प्रकाशित: ५ कार्तिक २०७४ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App