coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी, मोरङ – मोरङको बेलबारी नगरपालिका–११ मा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार महिलाको शनिबार मृत्यु भएको छ । 

को १२ प ३२८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही ठाउँकी ४२ वर्षीया अन्जिला श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक बेलवारी–१० का २२ वर्षीय युवराज शाह घाइते भएका छन् । 

प्रकाशित: ४ कार्तिक २०७४ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App