६ वैशाख २०८१ बिहीबार
राजनीति

खोटाङमा बाम गठबन्धन उम्मेद्वार छनोट

खोटाङ – आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट बाम गठबन्धन उम्मेदवार बन्ने भएका छन् । प्रतिनिधिसभाका लागि नेकपा (एमाले)बाट विशाल भट्टराई, प्रदेशसभाका लागि राजन राई र रामकुमार राईले टिकट पाएका छन् । 

जिल्लाबाट सिफारिस भएका दुवै पार्टीका आकांक्षीमध्ये तीन नेताको नाम छनोट गरिएको बाम गठबन्धनले जनाएको छ । समानुपातिकतर्फ भने आगामी कात्तिक १३ गते टुंगो लाग्नेछ । ‘बाम गठबन्धनबाट टिकट पाएका नेताहरुको उम्मेदवारी दर्ता संयुक्त रुपमा गरिनेछ,’ खोटाङ एमालेका कुमार आचार्यले भने,’बाम गठबन्धनले जिल्लाबासी उत्साहित छन् ।’

प्रकाशित: ४ कार्तिक २०७४ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App