८ वैशाख २०८१ शनिबार
राजनीति

बैतडीमा उम्मेदवार टुंगो

बैतडी –  पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि बैतडीका मुख्य राजनीति दलका तर्फबाट उम्मेद्वारको टुंगो लागेको छ। 

प्रदेश सभाका लागि एमाले र माओवादी केन्द्रका तर्फबाट एक एक जना तथा प्रतिनिधि सभाका लागि एमाले उम्मेदवारलाई छनोट गरिएको छ। 

प्रतिनिधि सभाका लागि एमालेका दामोदर भण्डारीलाई तथा प्रदेश सभाअन्तर्गत क्षेत्र नं १ बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट (आदित्य) र क्षेत्र नं २ बाट एमालेका लीलाधर भट्टलाई उम्मेदवार छनोट गरिएको नेकपा एमाले बैतडीले जनाएको छ। 

यसैगरी, नेपाली काँग्रेसले राप्रपासँग गठबन्धन गरेर उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधि सभाका लागि काँग्रेसबाट नरबहादुर चन्द तथा प्रदेश सभाका लागि क्षेत्र नं १ बाट काँग्रेसका हरिमोहन भण्डारी र क्षेत्र नं २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दलाई उम्मेदवार छनोट गरिएको नेपाली काँग्रेस बैतडीले जनाएको छ। 

प्रकाशित: ४ कार्तिक २०७४ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App