८ वैशाख २०८१ शनिबार
राजनीति

मनोनयन दर्ताका लागि समय बाँडफाँड

खोटाङ – प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न खोटाङमा दलहरुलाई समय बाँढिएको छ । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आईतबार हुने मनोनयन दर्ताका लागि मूख्या निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा बसेको सर्वदलीय बैठकले दलका लागि मनोनयन गर्ने समय विभाजन गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुशार जिल्लाबाट निर्वाचनमा सहभागी हुने कांग्रेस, एमाले, माओबादी केन्द्र, संघीय समाजबादी फोरम, नयाँ शक्ती, नेकपा माले लगायतका दलका लागि मनोनयन दर्ता गर्न समय बाँढिएको हो । बिहान १० बजेदेखि बेलुका ५ बजेभित्रमा मनोनयन दर्ता गर्ने गरी हरेक दललाई समयको व्यवस्था मिलाइएको छ । मनोनयन दर्ताकाक्रममा मूख्या निर्वाचन अधिकृतको कार्यालयमा हुने भीडभाड एबं सम्भावित दुर्घट्ना न्यूनीकरणका लागि पालो बाँडिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
नयाँ शक्तिलाई बिहान ११ बजे, संघीय समाजवादी फोरमलाई बिहान १२ बजे, नेकपा मालेलाई दिउँसो १ बजे, कांग्रेसका लागि दिउँसो २ बजे, माओवादी केन्द्रका लागि दिउँसो ३ बजे र एमालेका लागि अपराह्न ४ बजे समय निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्य दलका लागि भने बीच–बीचमा समय दिइने खत्रीले जनाए । ‘बैठकमा उपस्थित भएका दलका लागि मनोनयन गर्ने समय तोकिएको हो,’ निर्वाचन अधिकारी खत्रीले भने, ‘भीड कम हुने भएकाले मनोनयन दर्ता गर्न आउने अन्य दललाई पनि बीच–बीचमा समय दिने व्यवस्था गरिएको छ ।’दुई नगरपालिका, आठ गाउँपालिका तथा दुई निर्वाचन क्षेत्र रहेको खोटाङका १ लाख २५ हजार १७८ मतदाताले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन् ।

प्रकाशित: ४ कार्तिक २०७४ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App