coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यी हुन् खोटाङमा बाम गठबन्धनबाट लड्ने उम्मेद्वार

खोटाङ- प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा बाम गठबन्धनकातर्फबाट लड्ने उम्मेद्वारको टुंगो लागेको छ । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि एमाले र माओबादी केन्द्रकातर्फबाट लड्ने साझा उम्मेद्वारको टुंगो लागेको हो । गठबन्धन अनुशार एक प्रतिनिधिसभा र एक प्रदेशसभाका लागि एमाले उम्मेद्वार तथा एक प्रदेशसभाका लागि माओबादी केन्द्रले टिकट पाएको एमाले खोटाङका उपसचिव कुमार आचार्यले बताए ।

प्रतिनिधिसभाका लागि एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्व सांसद विशाल भट्टराई, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट एमाले वैकल्पिक केन्द्रीय सदस्य राजन राई र क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्वसभाषद् रामकुमार राईले टिकट पाएका छन् ।

एमाले र माओबादी केन्द्रले जिल्लाबाट छुट्टा–छुट्टै पठाएको उम्मेद्वारको सूचीका आधारमा केन्द्रले उम्मेद्वारको टुंगो लगाएको हो । प्रदेशसभाका लागि क्षेत्र नम्बर २ बाट माओबादी केन्द्रका उम्मेद्वारको टुंगो केही दिन अगावै लागे पनि प्रतिनिधिसभा र क्षेत्र नम्बर १ बाट एमालेकातर्फबाट लड्ने उम्मेद्वारको टुंगो शुक्रबार राती मात्र लागेको हो ।

समानुपातिकतर्फको उम्मेद्वार भने कात्र्तिक १२ गतेपछि मात्र निश्चित हुने उपसचिव आचार्यले बताए । वामगठबन्धनका उम्मेद्वारले आईतबार संयुक्तरुपमा मनोनयन दर्ता गराउने जनाइएको छ । आगामी निर्वाचनका लागि खोटाङमा १२ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित: ४ कार्तिक २०७४ ०५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App