८ वैशाख २०८१ शनिबार
राजनीति

फोरम र कांग्रेस कार्यकर्ताबीच झडप, ७ घाइते

रौतहट- रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । फोरम कार्यकर्ताहरुले गाउँमा भएको पूजाको प्रसाद वितरणको विषयलाई लिएर कांग्रेस कार्यकर्ता तथा समर्थकहरुमाथि आक्रमण गरेका छन् ।

आक्रमणमा कांग्रेसतर्फका राम रेखा साह, मिश्रीलाल साह, मुकेश साह, विश्वनाथ साह, सिकिलिया देवी आ सुनैना देवी घाइते भएका छन् भने फोरमतर्फका राम विनोद साह घाइते छन् । राम रेखा साहको अवस्था गम्भीर छ । साहलाई प्राथमिक उपचारपश्चात भरतपुर पठाइएको र पाँचजनाको उपचार संजीवनी हेल्थ केयर सेन्टर शिवनगरमा भइरहेको डा.संजीव कुमार यादवले बताएका छन् । फोरमतर्फका घाइते राम विनोद साहको गरुडामा उपचार भइरहेको छ ।

घटनामा दोषी देखिएका फोरमका राम विनय साहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुरले जानकारी दिएका छन् । अहिले गाउँको अवस्था सामान्य भइसकेको प्रहरीको दाबी छ ।

प्रकाशित: ४ कार्तिक २०७४ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App