८ वैशाख २०८१ शनिबार
खेल

पिङ मच्चाउने प्रतियोगिता

बेसीशहर (लमजुङ) –लमजुङको गाँउशहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता सम्पन्न भएको छ । परम्परागत लिङ्गेपिङ लोप हुँदै गइरहेका बेला संरक्षण र प्रर्वद्धनका लागि तिहारको अवसरमा बेसीशहर नगरपालिका–३ गाँउशहरमा प्रतियोगिता आयोजना गरिएको हो । 
स्थानीय जनज्योति युवा क्ल्व, अमर गणेश बाबा समूह र गोदावरी आमा समूहको संयुक्त आयोजनामा लिङ्गेपिङ मच्चाउने प्रतियोगिता भएको हो । विभिन्न ठाँउबाट आएका २२ जना युवाहरुको सहभागिता रहेको प्रतियोगितामा सन्तोष नेपालीले २३ फिट उचाइसम्म मच्चाएर प्रथम भएका थिए । त्यस्तै सन्देश हिमाली दोस्रो भएका थिए । 

प्रकाशित: ३ कार्तिक २०७४ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App