४ वैशाख २०८१ मंगलबार
समाज

मैनबत्ती कारखानामा आगलागीमा १५ लाखको क्षति

इटहरी –सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ कलङ्कीस्थित मैनबत्ती कारखानामा शुक्रबार आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । कलङ्की चोक नजिक प्रदीप सुवेदीले संञ्चालन गर्दै आएको मैनबत्ती उद्योगमा आगलागीमा कच्चा पद्धार्थलगायत सामग्री जल्दा १५ लाखभन्दा बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 
लक्ष्मीपूजाका लागि बालिएको मैनबत्ती राति बल्दै गएर अन्यत्र फैलिई भएको आगलागी इटहरीको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सक्रियतामा नियन्त्रण गरिएको थियो । 

प्रकाशित: ३ कार्तिक २०७४ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App