८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भवनको छाना खस्दा ८ जनाको मृत्यु

नयाँ दिल्ली – दक्षिणी भारतको तामिलनाडु राज्यमा अवस्थित  यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको छ । चेन्नईबाट करिब तीन सय १२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ । उक्त भवनको छाना शुक्रबार बिहानी पख करिब साढे तीन बजे अकस्मात खसेको थियो । त्यस समयमा ती व्यक्तिहरु सोही कार्यालयमा सुतेका थिए । त्यसमा परी अरु तीन जना घाइते भएका छन् ।

गम्भीर घाइते उनीहरुलाई भत्किएको सो भवनको भग्नाबशेषबाट उद्वार गरेर अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार सो भवन किन भत्कियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । भारतमा यसरी भवन भत्किने घटना दोहोरिइरहेका पाइन्छन् ।

 

प्रकाशित: ३ कार्तिक २०७४ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App