coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

उर्लाबारी- मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वषीय लक्ष्मण थापामगरलाई बिहिबार दिउँसो ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते मगरको न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । 

ठक्कर दिने मोटरसाइकल र त्यसका चालक उदयपुर त्रियुगा नगरपालिका– ११ पीपलचोक बस्ने २८ वर्षीय विनोद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: ३ कार्तिक २०७४ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App