coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जुम्ला कांग्रेसमा नयाँ अनुहार

जुम्ला – नेपाली कांग्रेस जुम्लाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । यो निर्वाचनमा छनौट गरिएका अधिकांश उम्मेदवार नयाँ अनुहारका छन् । प्रतिनिधि सभाको लागि देवेन्द्र शाही छनौट भएका हुन । निर्माण व्यवसायी समेत रहेका शाही जुम्ला नगरविकास समितिमा अध्यक्ष थिए । त्यस्तै प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नम्वर १ बाट राजुसिंह कठायत छनौट भएका हुन । 
नेकपा एमाले जुम्लाले प्रतिनिधी सभाको लागि धीरेन्द्रराज गिरीलाई छनौट गरिसकेको छ  । प्रदेशतर्फ क्षेत्र नम्बर १ तीर्थ बहादुर बुढा र क्षत्रे नम्बर २ पदम रोकायको नाम सिफारिस गरिएको छ । 
त्यस्तै नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधी सभाको चुनावको लागि गजेन्द्र महत कार्माको नाम सिफारिस गरेको छ । प्रदेश सभाको चुनावको लागि क्षेत्र नम्बर २ बाट पूर्णप्रसाद धितालको नाम सिफारिस गरिएको छ । 

प्रकाशित: २ कार्तिक २०७४ १६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App