coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अदालतद्वारा पूर्वप्रधानमन्त्री सरिफलाई भ्रष्टाचारी ठहर

इस्लामाबाद – अदालतबाट बर्खास्तमा परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दोषी ठहर गरेको छ । पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाँय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् । 
‘नवाज सरिफसहित उनकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धी विवादमा दोषी ठहर गरिएको हो,’अदातल स्रोतले भने । 
दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसलाको अस्वीकार गरेकी छिन् । ‘अदालतको फैसला निराधार मात्रै छैन, निकै तुच्छ पनि छ, निश्पक्ष न्याय पाउने हाम्रो अधिकार हो, पुर्वाग्रही फैसला हामी मान्दैनौं,’उनले भनिन् । 
भ्रष्टाचारको मुद्धामा छानविन गर्नका लागि भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो । 

प्रकाशित: २ कार्तिक २०७४ १६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App