coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रिक्सा दुर्घटना पाँच घाइते

हेटौँडा – मकवानपुरगढी गाउँपालिका– वडा नम्बर २ गैरी भञ्ज्याङमा बिहीबार अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए । 

ना १ ह ९३५१ नंको अटो दुर्घटना हुँदा स्थानीय २५ वर्षीया गर्भवती मीनुकुमारी डिमडुङ र ५६ वर्षीया बसन्ती बम्जन गम्भीर घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । दुर्घटनामा परी सोही वडाकी विन्दु बम्जन, विजय स्याङ्तान र वडा नं ३ का नाम नखुलेका २८ वर्षीय व्यक्ति सामान्य घाइते भएका छन् । उनीहरुको चुरे हिल हस्पिटलमा उपचार जारी छ । 

हेटौँडाबाट गइरहेको अटो सडकबाट ४० फिट तर खोल्चामा खसेको थियो । अटोका चालक मकवानपुरगढी– २ का प्रह्लाद घिमिरे हाल फरार रहेका छन् ।

प्रकाशित: २ कार्तिक २०७४ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App