coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बर्दिबासमा डेंगु रोगी बढे

गौशाला – महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ। 

जिल्ला अस्पताल जलेश्वरका अनुसार बर्दिबास नगरपालिकामा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले फैलिएर १५५ जनाभन्दा बढी संक्रमित भएका छन्। 

जिल्ला अस्पतालका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार असोजको पहिलो साता बर्दिबास अस्पतालमा १२ जनामा परीक्षण गरिएकामा पाँचमा यो रोग फेला परेको थियो। 

यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि कीटको समेत अभाव भएको बताइएको छ। 

यता जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास इलाका प्रशासन, बर्दिबास नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम गर्नाका साथै सो रोगको किटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर भइरहेको निरीक्षक ठाकुरले बताए।
 
बर्दिबासमा देखा परेको डेंगुको संक्रमण विस्तारै बर्दिबाससँग जोडिएको धनुषा, सर्लाही र सिन्धुली जिल्लाका विभिन्न गाउँ शहरमा पनि सर्नसक्ने चिन्ता बढ्दै गएको छ। 

प्रकाशित: २ कार्तिक २०७४ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App