१६ वर्ष ६ महिनासम्म मौनव्रत !

बिहिबार, ०२ कार्तिक २०७४, १५ : १५ नागरिक

बेनी –  आफ्ना कुरा व्यक्त नगरीकन कति समयसम्म मानिस मौन बस्न सक्छहोला ? एक दिन, दुई दिन वा बढीमा एक हप्ता तर यहाँका एक व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी हालै मात्र बोल्न थालेका छन्। 

सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा बसोबास गर्दै आएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती (मौन गुरु)ले २०५७ मंसिरदेखि २०७४ साल वैशाख २ गतेसम्म मौनव्रत लिएका हुन्। बाउन्न वर्षीय उनले २०५७ मंसिर ४ गते मुक्तिनाथ मन्दिरमा देशमा शान्ति र आफूलाई आत्मज्ञान प्राप्त नहोउन्जेलसम्म मौन बस्ने संकल्प गरेको र सोही संकल्पअनुसार १६ वर्षसम्म मौनव्रत बसेको जानकारी दिए। 

मौनव्रत अवधिभर आफूले देशका विभिन्न धार्मिकस्थल, सामाजिक तथा मानवीय संघसंस्था र ऐतिहासिक स्थलको भ्रमण गरेको उनको भनाइ छ। मौन अध्ययन भ्रमणबाट जीवन र जगत्लाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आउनाका साथै संविधान सभाको निर्वाचन सम्पन्न भई देशमा नयाँ संविधान जारी भएपछि शान्ति स्थापना हुने विश्वाससहित १६ वर्षदेखिको मौनव्रत भङ्ग गरेर सामाजिक जीवनमा प्रवेश गरेको मौन गुरुले बताए। 

बेनी बजारमा भेटिएका उनले  २०७२ सालको महाभूकम्पपछि नेपालीको मनमस्तिष्कमा सेवाभावको विकास भएको र अशक्त, दीनदुःखी र असहायको सेवा गर्दा मिल्ने आनन्द संसारको कुनै धनसँग पनि तुलना हुन नसक्नेमा जोड दिए। 

नेपालमा अव शान्ति स्थापना भइसकेको र समृद्धिको बाटोलाई पच्छ्याउँदै अघि बढ्नुको विकल्प नभएको बताउँदै मौन गुरुले भने, “आफ्नो लागि पनि सोचौँ अलिकति, त्योभन्दा बढी समाज र देशका लागि सोचौँ, हामीले चाहेको सुख, शान्ति, समृद्धि र विकास हाम्रो सकारात्मक सोच र कर्मठ पाखुरीबाट नै प्राप्त हुन्छ।” अबको बाँकी जीवन दुःखी, गरिब र असहायको सेवामा लगाउने प्रतिज्ञा गर्नुभएका मौन गुरुले अरुको सेवा नै जीवनको उच्चतम् उपलब्धि हुने चर्चा गरे। 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad