संवैधानिक आयोगलाई राजनीति मुक्त बनाउनु पर्छ: बाबुराम भट्टराई

आइतबार, १६ साउन २०७३, २० : २३ देवेन्द्र बस्नेत

दाङ- नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संवैधानिक आयोगहरु स्वतन्त्र निकाय बन्न नसकेर भ्रष्टाचार मौलाएको बताएका छन्। छलफल चौतारी दाङले आईतवार घोराहीमा गरेको बहस कार्यक्रममा भट्टराईले राजनीतिबाटै भ्रष्टाचार मौलाएको भन्दै उनले राजनीतिक भागवण्डाका आधारमा नियुक्त हुने कर्मचारीहरु पनि यसबाट अछुतो नबन्ने बताए। उनले अहिलेको अख्तियारको संरचनालाई भत्काएर राजनीतिबाट अलग राखि विशुद्ध निकाय बनाउनु पर्ने बताए।

 ‘अख्तियारले साना माछा मात्रै समात्छ,ठूलालाई छोडिदिन्छ भन्ने सत्य हो,’उनले भने ‘राजनीतिक पार्टीबाट सिफारीस भएकाहरुले तिनै ठूला माछाहरुलाई समात्ने हिम्मत कसरी गर्ने ?’ आँफू कुनै व्यक्ति बिशेषको आलोचना गर्ने नभई समग्र आयोगको संरचनानै भ्रष्टाचारबाट प्रेरित रहेको भट्टराईले सुनाए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आँफै भ्रष्टाचारबाट अछुतो नरहेको दाबी गरेका छन्। आँफू प्रधानमन्त्री छँदाको अनुभव सुनाउँदै उनले भने ‘सबै भन्दा भ्रष्ट मान्छे त्यहिँ छन्।’ भट्टराईले भ्रष्टाचारी भनेर कहलिएकाहरु समेत अख्तियारमा नियुक्तीका लागि हात जोड्न आउने गरेको सुनाए। ‘म प्रधानमन्त्री भएको बेला अख्तियारमा नियुक्त पाउँ भन्न कहिलएका भ्रष्टचारीहरु पनि हात जोड्न आउँथे,’उनले भने‘ त्यहाँ भएकाहरु पनि उस्तै छन्।’ 

एकअर्को प्रसंगमा उनले सरकार फेरबदलको खेलले मुलुकमा अस्थिरता पैदा भैरहेको वताए । ‘म्यादी सरकार बनाएर मुलुकको बिकास सम्भव छैन,’उनले भने ‘यस्तो म्यादले केबल कुर्सी मात्रै प्यारो देखाउँछ, विकास हैन।’

 

 

 

 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...