८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कान्दाहारमा ४३ जना अफगान सेना मारिए

कान्दाहार - अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा रहेको अफगानिस्तानको सैनिक पोष्टमा तालिबानले गरेको आक्रमणबाट ४३ जना सैनिक मारिएका छन् । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा यहाँका तालिबान सशस्त्र हतियारधारीहरुले सो हमला गरेका थिए । हमलामा परी ती सैनिक मरिएका र अरु कैयौँ घाइते पनि भएका बताइएको छ ।

तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सो सैनिक पोष्टमा हमला गरेका थिए । भिडन्तका क्रममा ४३ जना सैनिकको ज्यान गएको अफगानिस्तानको सेनाले विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App