८ वैशाख २०८१ शनिबार
समाज

भरुवा बन्दुकसहित एक पक्राउ

पाँचथर – पाँचथरको फालेलुङ गाँउपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फालेलु–२ का रामप्रसाद लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । बन्दुक रहेको सूचनाको आधारमा प्रहरीले घरमा खोजतलास गरेको थियो ।

खोजतलासका बेला घर नजिकैको बारीमा लकुाएर राखेको अवस्थामा एक थान भरुवा बन्दुक र १ थान बन्दुकको नालसहित पक्राउ गरेको हो । उनलाई हातहातियार तथा खरखजाना ऐनमा मुद्धा अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

 

प्रकाशित: २ कार्तिक २०७४ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App