७ वैशाख २०८१ शुक्रबार
समाज

घाँस काट्न गएका बालक मृत फेला

खोटाङ – खोटाङमा घाँस काट्न गएका बालक मृत फेला परेका छन् । डोको र हँसिया बोकेर घाँस काट्न गएका केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर थर्पडाँडाका १२ वर्षीय उमेश बिश्वकर्मा मृत फेला परेका हुन् । अवेरसम्म घाँसबाट नफर्किएपछि खोजी गर्दा बालकको शव घर नजिकैको पटमेरोको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी आएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा जानकारी आए लगत्तै ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी नायब निरिक्षक झनकबहादुर अधिकारी नेतृत्वमा गएको प्रहरीको टोलीले अनुसन्धान थालेको छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App