८ वैशाख २०८१ शनिबार
राजनीति

वाम दलबीच चुनाव क्षेत्र बाँडफाँट गृहकार्य

काठमाडौं- एमाले र माओवादी केन्द्र गठबन्धनको संयुक्त कार्यदलले पहिलो चरणमा ३२ जिल्लाका निर्वाचन क्षेत्र बाँडफाँट गर्ने भएको छ । कार्यदलमा पहिला मंसिर १० गते पहिलो चरणमा चुनाव हुने निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सहमति भएको छ ।
‘पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्र बाँडफाँट हुनेछ,’ कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘आजै (बुधबार) राति अबेरसम्म यसको टुंगो लगाउनेगरी काम हुँदैछ ।’ संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पहिलो चरणमा ३२ जिल्लामा चुनाव हुनेछ । पाण्डेले दुवै पक्षमा विवाद नरहेको बताए ।
पहिलो चरणको निर्वाचनका लागि कातिक ५ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । पहिलो चरणमा प्रदेश नम्बर १ र ६ का ७–७ , प्रदेश नम्बर तीन र चारका ६–६, प्रदेश नम्बर ७ का चार र प्रदेश नम्बर ५ का २ जिल्लामा निर्वाचन हुनेछ ।  पार्टी एकता प्रक्रिया सुरु गरेको घोषणा गरेका एमाले र माओवादीबीच प्रतिनिधिसभा र प्रदेशसभा सिट ६०–४० को अनुपातमा बाँडफाँट गर्ने सहमति भएको छ । वाम गठबन्धनको प्रमुख प्रतिस्पर्धी कांग्रेसले विभिन्न जिल्लाका उम्मेदवार तोके पनि गठबन्धनबीच सिट बाँडफाँटमा विलम्ब भएको छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App