१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आमिर पाकिस्तानी टोलीमा फिर्ता

लाहोर– पाकिस्तानले अर्को साताबाट सुरु हुने श्रीलंकाविरुद्धको तीन ट्वान्टी–२० शृंखलाका लागि तीव्र गतिका बलर मोहम्मद आमिरलाई टोलीमा फिर्ता बोलाएको छ ।

२५ वर्षे आमिर गत साता सम्पन्न दोस्रो टेस्टमा खुट्टाको चोटका कारण टोलीबाट बाहिरिएका थिए । तर मंगलबार सरफराज अहमदको नेतृत्वमा घोषणा गरिएको १६ सदस्यीय टोलीमा आमिरलाई समावेश गरिएको हो । त्यस्तै मोहम्मद हाफिज र आमिर यामिनलाई पनि टोलीमा फिर्ता बोलाइएको छ ।

शृंखलाअन्तर्गत पहिलो दुई खेल क्रमशः अक्टोबर २६ र २७ मा आबुधाबी तथा अन्तिम खेल अक्टोबर २८ मा लाहोरमा हुनेछ।

श्रीलंकाले सोमबार अन्तिम खेलका लागि लाहोर जाने पुष्टि गरेको थियो ।

प्रकाशित: १ कार्तिक २०७४ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App