७ वैशाख २०८१ शुक्रबार
खेल

श्रीशान्तको प्रतिबन्ध यथावत्

नयाँ दिल्ली – भारतको एक अदालतले मंगलबार तीव्र गतिका बलर शान्तकुमारन श्रीशान्तमाथि लगाइएको आजीवन प्रतिबन्धको फैसलालाई यथावत् राखेको छ ।

गत अगस्टमा केरलाको एक उच्च अदालतले प्रमाण नपुगेको भन्दै श्रीशान्तमाथि लगाइएको आजीवन प्रतिबन्ध फुकुवा गर्न आदेश दिएको थियो । अदातलको निर्णयपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले त्यसविरुद्ध अपिल गरेको थियो ।
बिसिसिआईको अपिलमा सुुनुवाई गर्दै अदालतले आफ्नो पछिल्लो फैसला उल्ट्याएर उनीमाथिको आजीवन प्रतिबन्धको निर्णय यथावत् राखेको हो।

तर ३४ वर्षे श्रीशान्तले आफूमाथि अन्याय भएको र त्यसविरुद्ध अन्तिमसम्म लडिरहने प्रतिक्रिया दिएका छन्।

सन् २०१३ को आइपिएलमा राजस्थान रोयल्सका अन्य दुई खेलाडीसँगै  खेलमिलेमतोमा मुछिएको पाइएपछि उनी आजीवन  प्रतिबन्धमा परेका थिए । उक्त घटनामा मुछिएको भन्दै श्रीशान्त, अंकित चाभान र अजित चान्डिलालाई न्यायिक हिरासतमा राख्दै अनुसन्धान गरिएको थियो । अनुसन्धानपछि दोषी प्रमाणित भएका तीनै जनालाई जेल मुक्त गरिए पनि उनीहरूमाथि लगाइएको आजीवन प्रतिबन्धको सजाय कायम राखिएको थियो।

प्रकाशित: १ कार्तिक २०७४ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App