८ वैशाख २०८१ शनिबार
खेल

‘चौदण्डीगढी मेयर कप ब्याड्मिन्टन’ मा राई र मगरको जोडी च्याम्पियन

प्रतियोगितामा च्याम्पिएन बन्न सफल राई र मगरको जोडी । तस्बिरः महेश्वर

उदययपुर – पूर्वी नगरपालिका चौदण्डीगढीस्तरीय नगरकप ब्याडमिन्टन प्रतियोगितामा भोटराज राई र तुला मगरको जोडी च्याम्पियन भएको छ । नगरपालिकाको संयोजन तथा एकता युवा क्लव बसाहाको आयोजनामा मंगलबार सम्पन्न ‘प्रथम मेयरकप खुल्ला ब्याड्मिन्टन प्रतियोगिता २०७४’ मा राई र  मगरको जोडी च्याम्पिएन बन्न सफल भएको हो । 

फाइनल खेलमा बसाहाका बबिन्द्र थुलुङ राई र दिनेश राईको जोडीलाई पराजित गर्दै सो जोडीले मेयरकपको उपाधि जितेको हो । २१–१६, १९–२१ र २१–१६ को तेस्रो निर्णायक सेटमा राई र मगरको जोडीले ५ अंकले विजयी हासिल गरेको हो । विजेता जोडीलाई नगद १० हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। 

उपविजेता जोडीले नगद ६ हजार पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बेल्टारका भेषराज मगर र बालकृष्ण कार्कीको जोडी तथा बसाहाका प्रेम रायमाझी र भुपाल राईको जोडी तेस्रो स्थान हासिल गर्न सफल भए । तेस्रो हुने दुबै जोडीलाई नगद २÷२ हजासहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो। 

विजेता खेलाडीहरूलाई बुधबार आयोजित समापन समारोहका प्रमुख अतिथि चौनपा ४ का वडाध्यक्ष चरणकुमार राई, आयोजक क्लवका अध्यक्ष नारायण तामाङ र अथितिहरूले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा प्रतियोगिता आयोजना गर्न सहयोगी विभिन्न संघसंस्था तथा व्यक्तिलाई कदरपत्र प्रदान गरिएको थियो। 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित मेन्स डबल्स व्याड्मिन्टन प्रतियोगिता २ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन चौनपाका मेयर खगेन्द्र राईले गरेका थिए। प्रतियोगिताको उद्घाटन गर्दै राईले खेलकुद क्षेत्रबाट शारिरीक तन्दुरुस्ती र व्यक्तित्व विकास हुनुका साथै ठाउँगाउँको परिचय उचो रहने बताए । उनले राष्ट्रको नाम उचो राख्न पनि खेलक्षेत्र अन्यको दाँजोमा अघि रहेको मेयर राईको भनाई थियो। 

समग्र खेलकुद क्षेत्रको विकासमा नगरपालिकाले ध्यान दिन आवश्यक योजना तर्जुमा गर्दै बजेट व्यवस्था गर्दै गरेको बताउँदै उनले थप सहयोगको जरुरत परे पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । खेलकुद र खेलाडी सदा मर्यादित र अनुशासित हुनुपर्ने भन्दै मेयर राईले यसले समाजलाई सही दिसामा डो¥याउन सक्नुपर्ने बताए । खेलकुद क्षेत्रले पछिल्लो समय लागूऔषधमा फस्दै गएको युवापुस्तालाई सही बाटोमा ल्याउन मद्दत गर्नुपर्ने उनको भनाई थियो। 

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट, सशस्त्र प्रहरी त्रियुगा गुल्मपति डिएसपी पुरनचन्द भट्ट, इलाका प्रहरी कार्यालय बेल्टारका निरीक्षक आशाराम चौधरीलगायतले खेलकुद क्षेत्रको विकासमा राज्य र स्थानीय तह लाग्नुपर्ने बताएका थिए । आयोजक क्लवका सचिव बबिन्द्र राईले प्रतियोगिताले सिंगो चौदण्डीगढी नगरपालिका र बसाहाको खेलकुद क्षेत्रमा जागरण आएको तथा सामाजिक एकता र सद्भावको विकास भएको बताए। 

प्रकाशित: १ कार्तिक २०७४ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App