८ वैशाख २०८१ शनिबार
राजनीति

खोटाङ काँग्रेसद्वारा उम्मेदवार तय

खोटाङ – आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले खोटाङ जिल्लाका उम्मेदवारहरुको टुङ्गो लगाएको छ। 

जिल्लाबाट सिफारिशमा परेका ४३ जना आकाँक्षीमध्येबाट छनोट गरेर प्रदेश तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुँगो लगाएको हो। 

काँग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सरस्वती बजिमयलाई छनोट गरेको छ। त्यस्तै, प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सुवासकुमार पोखरेल र क्षेत्र नम्बर २ बाट विष्णुकुमार राईलाई टिकट दिने निर्णय गरेको छ। 

समानुपातिकतर्फ भने प्रतिनिधिसभाका लागि पूर्व सभासद् हीरा गुरुङ र प्रदेशसभाका लागि वीरकाजी राईको नाम छनोटमा परेको काँग्रेसले जनाएको छ। अन्य दलले भने अहिलेसम्म उम्मेदवारको टुँगो लगाएको छैन। 

प्रकाशित: १ कार्तिक २०७४ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App