coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चार महिनामा ११ याक मरिए

सोलुखुम्बु- सोलुखुम्बुको हिमाली क्षेत्रमा याककाे सिकार बन्दै गएका छन् । चितुवाको आतंक बढेसँगै पछिल्लो ४ महिनामा नै ११ वटा याक चितुवाको सिकार बनेका हुन् । असार महिना यता खुम्बु पासाङ ल्हमु गाउँपालीकाको खुम्बजुङ ४ स्यांबोचेमा रहेको याक विकास फार्ममा पालिएको ११ याकलाई मारिसकेको र पछिल्लो समय हिम चितुवाको  आतंक बढ्दै गएको फार्मले जनाएको छ ।

खुम्बजुङ ४ स्यांबोचेको ३ सय ११ रोपनी क्षेत्रफलमा रहेको उक्त याक फार्ममा १ सय ३९ वटा याक पालिएका छन् । गत वर्ष कृषकहरुलाई उक्त फार्मले ३५ वटा याक  बिक्री वितरण गरेको थियाे भने यो वर्ष जम्मा ७ वटा बिक्री भएका छन् । एउटा याकको मूल्य ४० हजारदेखि ८० हजारसम्म पर्न आउने भएकाले यो वर्ष फार्मले धरै घाटा बेहोर्नु परेको याक विकास फार्मका ललन यादवले जानकारी दिए ।‘हामीले चितुवा नियन्त्रणका लागी विषेशज्ञ टोली खटाउने र चिडियाखानामा लैजाने पहल गरीरहेका छौँ ।’ उनले भने, ‘यो चितुवाको आक्रमणले हामीलाई याक पाल्न निकै सकस छ, खोरमै आएर खाईदिन्छ ।’

प्रकाशित: १ कार्तिक २०७४ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App