८ वैशाख २०८१ शनिबार
समाज

ठगी गर्दै गरेको अवस्थामा कुमाल पक्राउ

 

काठमाडौँ-कागजको टुक्रालाई पैसा जस्तो बनाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कागजको टुक्रालाई पैसा जस्तो बनाएर भारतीय रुपैयाँ छ साटेर ल्याउ भनी १० हजार रुपैयाँ ठगी गर्दै गरेको अवस्थामा रुपन्देही बुटवल एमलाल–७ घर भई हाल कलंकी बस्ने ३१ बर्षीय सोखे कुमाललाई प्रहरीले पक्राउ गरेको हो।

कुमालले नवलपरासी गैंडाकोट नगरपालिका–११ घर हुने २० बर्षीय नविन महतलाई काठमाडौँ महानगरपालिका–१४ कलंकी शहिद मेमोरीयल अस्पताल पछाडि आइतबार रुमाल भित्र कागजको टुक्रालाई पैसा जस्तो बनाई मसंग १ लाख ५० हजार भारतीय रुपैयाँ छ यो साटेर ल्याउ अहिले १० हजार लेउ भनि ठग्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७३ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App