८ वैशाख २०८१ शनिबार
राजनीति

खोटाङमा कांग्रेसले टुंगायो उम्मेद्वार नामवालीे

खोटाङ – मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेसले खोटाङ जिल्लाको उम्मेद्वारहरुको टुंगो लागेको छ । जिल्लाको केन्द्रिय समितिले ४३ आकांक्षीको नाम सिफारिस गरेर उम्मेद्वारको अन्तिम टुंगो लगाएको हो । कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सरस्वती बजीमयलाई चुनावको लागि छनोट गरेको छ ।
त्यस्तै प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सुवासकुमार पोखरेल र क्षेत्र नम्बर २ बाट विष्णुकुमार राईलाई टिकट दिने निर्णय गरेको छ । समानुपातिकतर्फ भने प्रतिनिधिसभाका लागि हिरा गुरुङ र प्रदेशसभाका लागि वीरकाजी राईको नाम सिफरिस गरिएको छ ।

प्रकाशित: १ कार्तिक २०७४ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App